नेकपा एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रस्ताव पार्टी एकताका लागि नभई भ्रम सिर्जना गर्नका लागि ल्याइएको बताएको छ।
साेमबार विज्ञप्ति सार्वजनिक गर्दै आफूहरूका मागका सम्बन्धमा अध्यक्ष ओली गम्भीर नभएको भन्दै प्रस्तावमा अल्मल्याउने भाषा प्रयोग गरिएकाले समेत भ्रम सिर्जनाका लागि मात्रै भएको उल्लेख गरेका छन्।
‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ। उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ,’ नेपाल–खनाल समूहले भनेकाे छ।
पार्टी मातहतका कमिटी र जनसंगठनहरू मूलभुतरूपमा ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन् भनेकोमा जवाफ दिँदै नेपाल-खनाल समूहले फर्किने कुरा गरी मन लागेकालाई कायम गर्ने र नलागेकालाई हटाइदिने मनसाय रसाखिएको भनेको छ। 'यस्तो जालझेलपूर्ण भनाइ पार्टी एकता कायम गर्ने असफ नियत ठानिन' नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए। अध्यक्ष ओलीले पनि आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए। ओलीको प्रस्तावमा पार्टीलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख छ।
नेपाल–खनालको वक्तव्यको पूर्णपाठ