नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
अध्यक्ष ओली पार्टी संरचनालाई २०७५ साल जेठ ३ अघिको अवस्थामा फर्काउन तयार भएका छन्। नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्।
कसैप्रति पूर्वाग्रह नराख्ने र भेदभाव नगरिने उनको प्रतिबद्धता छ। अध्यक्ष ओलीले माधव नेपाल पक्षका सबै सांसदमाथिको कारबाही फिर्ता लिएका छन्।
आइतबार अपील गर्दै पार्टी एकताका लागि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट हालेका विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेका हुन्।
तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन्।