माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो 

नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आइतबार माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्।

माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

प्रकाशित मिति: : 2021-06-06 17:36:00

प्रतिकृया दिनुहोस्