प्रधानन्यायाधीशलाई वरिष्ठ अधिवक्ता खरेलको प्रश्न- श्रीमान्, एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउन पाइन्छ ?

Breaknlinks
Breaknlinks

वरिष्ठ अधिवक्ता अग्निव खरेलले संवैधानिक इजलासमा एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउन पाइन्छ कि पाइँदैन भन्नेग प्रश्न गरेका छन्।

पुनर्गठित इजलासमा बहस गर्दै निवर्तमान महान्यायाधिवक्तासमेत रहेका पूर्व कानूनमन्त्री खरेलले प्रश्न गरे, 'आफैँले मैले चाहिँ हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन भन्नु कत्तिको उपयुक्त हो ?'

खरेलले भने, 'एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई प्रश्न उठाउन पाइन्छ ? मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन वा तैंले नहेर भनेर आदेश गर्न मिल्छ? अमूक अमूक न्यायाधीशको इजलास गठन भए मिल्ने अरुको नमिल्ने हो ?'

आफैँले नबस्ने घोषणा गरिसकेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईबारे खरेलले भने, 'यो संरचना रहिरहेसम्म हामी इजलासमा बस्दैनौँ भन्नुहुन्थ्यो ? प्रश्न नउठेका श्रीमान् आफैँअगाडि सरेर यसो भन्न हुन्थ्यो कि हुँदैनथ्यो ? हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियो। अहिले के गाह्रो भयो श्रीमानलाई ?'

प्रकाशित मिति: : 2021-06-06 16:17:00

प्रतिकृया दिनुहोस्