ललिता निवास जग्गा प्रकरणः जग्गाधनीको नाममा २१ दिने सूचना

फाइल तस्वीर
फाइल तस्वीर

चर्चित ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गामा आफ्नो हकदावी गर्ने व्यक्तिको नाममा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ।

सरकारी जग्गा व्यक्तिको नाममा सार्ने ४९ जनाविरुद्ध जारी गरिएको सूचना अनुसार २१ दिनभित्र जग्गाधनीले चित्तबुझ्दो जवाफ नदिए उक्त जग्गा सरकारको नाममा फिर्ता हुनेछ।

२० चैत २०७७ मा भूमिसुधार कार्यालयको आदेशअनुसार ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना खुल्न नगएपछि गोरखापत्रमा सूचना प्रकाशित गरिएको हो। सूचनाअनुसार २१ दिनभित्र जग्गाधनीले सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण पेश गर्नुपर्ने छ।

प्रकाशित मिति: : 2021-06-06 11:52:00

प्रतिकृया दिनुहोस्