राजेन्द्र महताेकाे पुत्ला जलाउने माधव नेपालनिकट विद्यार्थी नेताहरू पक्राउ

उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुराष्ट्रको नारा लगाएकाे भन्दै उनकाे पुत्ला दहन गरिरहेका अनेरास्ववियु (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहितका केन्द्रीय नेताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरूमा अध्यक्ष र महासचिवसहित साचिव महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अशाेक थापा, आकाश खनाल, लक्ष्मी क्षेत्री लगायत अनेरास्ववियुका ११ जना नेताहरु रहेका छन्।

सरकारको उपप्रधानमन्त्री बनेको व्यक्तिले दिएको सार्वजनिक अभिव्यक्तिले जनताको शीर निहुरिएकाे भन्दै  महताेकाे पुत्ला दहन गरिरहेका संगठनका नेता तथा कार्यकर्तालाई बानेश्वर प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ परेका  एक दर्जन नेता तथा कार्यकर्तालाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ। प्रहरीको दमनबाट अध्यक्ष पराजुली घाइतेसमेत भएका छन्। 

विभिन्न विद्यार्थी संगठनहरूले देशद्रोही अभिव्यक्ती दिने महतोलाई सम्मान दिएर रास्ट्रको पक्षमा आवाज उठाउने युवा विद्यार्थीलाई जेल काेच्नु निन्दनीय रहेकाे बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-05 18:58:00

प्रतिकृया दिनुहोस्