नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई माधव नेपाल पक्षले बोलाएको बैठकमा उपस्थित नहुन आग्रह गरेकाे छ।
एक विज्ञप्ति जारी गर्दै माधव नेपाल पक्षले बोलाएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएर आदेश दिएकाे हाे।
पार्टीले कारवाही गरेका व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बाेलाउन नमिल्ने र यसबारे पार्टीले निन्दा तथा भर्त्सना गरेको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए।
वक्तव्यमा भनिएको छ,‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु।’
माधव पक्षले आज ११ बजे केन्द्रीय कमिटीकाे भर्चुअल बैठक बोलाएको छ।