नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए।
बैठकमा एकताका लागि भइरहेका प्रयासहरूबारे पनि छलफल भएको प्रवक्ता ज्ञवालीले बताए।
स्थायी कमिटीको बैठकमा लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबारे समीक्षा भएको थियो। पार्टीभित्र बसेर अन्तर्घात गरेका कारण एमालेको उम्मेदवारले हारेको निष्कर्ष पनि एमालेले निकालेकाे छ। बैठक बुधबार ४ बजे पुन: बस्ने सो पार्टी प्रचार विभाग उपप्रमुख समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवालई जानकारी दिए।