शिक्षक यौटा निरन्तर बग्ने शीतल पवन
अमृत छानी भर्नु छ घडा कर्तब्य महान।
थाङग्राे हुँ आफू हजारौँ बेला ती मेरा भर छन्
खुड्किला म हुँ टेकेर बालक सिँडीमा चड्दछन।।१
चक्षुका छाल्मा बसाई मैले विद्यार्थी तार्नु छ
भावको मेरो पोखरी तिन्ले डुबुल्की मर्नु छ।
कलिलो तन चन्चल मन समाली प्रेमले
मायाको छायाँ विवेकको बिम्ब रोपेर कर्मले।। २
न जात पात न वर्ग लिङ्ग पृतका गीत् गाई
भोलिका ज्योति राष्ट्रका मोती नयन्मा सजाई।
पुतली उनी पङ्ख भै आफू फुर्फुर गगन्मा
हावामा कावा ख्वाउँदै सुन्दर सन्सार भ्रमणमा।।३
राष्ट्रको सफा कोर्दिन्छु चित्र दिलको कुनामा
माटोको माया पिरती मिठो भर्दिन्छु मुनामा।
विचार्का गुच्छा बिछ्याई सुन्दर गोरेटो खन्दिन्छु
मार्गमा उन्का खहरे आए म पुल बन्दिन्छु।।४
भावमा मेरा सपना उनका बिस्तार हुनेछन
जीवन रथ गुडाई सुस्त अगाडि बढ्नेछन।
रथको पाङ्ग्रा हिलोमा फसे बन्छु म सारथि
भविष्य तिनको हात्मा छ हाम्रो नभुलौ गुरुजी।।५
दिलका तिखा विषालु काडा कलम छ दबाइ
विक्षिप्त रेखा वदन्मा देखे आशाले रसाई।
स्वार्थको झोली र तितो बोली पगाली झार्नेछु
सुगन्ध मिठो कर्मको फलमा भरेर छाडने छु।।६
दिलको मैलो भ्रमको थैलो गोडेर हटाऔँ
निष्ठाको लेप्मा कर्तब्य घोली चरित्र टल्काऔँ।
फूलका थुँगा मोती र मुगा करेसा बारीका
एउटै माला खुलेको गला हजारौं थरिका।।७
प्रेमले मल सिचेर जल लाएर छेकाबार
सिँघाराौँ घर वर र पर भोलिका कर्णधार ।
हे मेरा गुरु शिक्षक बन्धु फूलमा सुगन्ध
विद्यार्थी हिरा चाँदका घेरा नपरोस् दुर्गन्ध ।।८