बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी ताेकेकाे छ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेकाे बैठकले उपनिर्वाचनमा परिचालनका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको बिहीबार एक सूचनामार्फत जनाएकाे छ।
जसअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकारलाई जिम्मेवारी ताेकिएकाे छ।
यसैगरी लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदुरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई निर्वाचन परिचालनका जिम्मेवारी तोकिएको छ।
यसैगरी रास्वपाले पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिकासमेत तय गरेको छ।
त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय राखेकाे छ। प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन कात्तिक २५ गते साँझ ८ बजेसम्म उल्लेख छ।

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया