बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी ताेकेकाे छ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेकाे बैठकले उपनिर्वाचनमा परिचालनका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको बिहीबार एक सूचनामार्फत जनाएकाे छ।
जसअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकारलाई जिम्मेवारी ताेकिएकाे छ।
यसैगरी लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदुरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई निर्वाचन परिचालनका जिम्मेवारी तोकिएको छ।
यसैगरी रास्वपाले पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिकासमेत तय गरेको छ।
त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय राखेकाे छ। प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन कात्तिक २५ गते साँझ ८ बजेसम्म उल्लेख छ।

‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया