रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुँदै

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ता हुने भएकाे छ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका छन्।

उक्त निवेदनकाे सर्वोच्च अदालतले दर्ता गर्न आदेश गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार निवेदन दर्ता गर्न आदेश गरेको हो। यद्यपि यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनबाट दरपिठ भएकाे थियाे। 

मंगलबार फेरि शर्माको इजलासले दर्ता गर्न आदेश गरेपछि निवेदन दर्ताको तयारी भएको अधिवक्ता भट्टराईले बताए।

अवहेलना गर्नेहरूमा रास्वपाका नेताहरू पार्टी उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायत रहेका छन्। उनीहरूलाई निवेदनमा विपक्षी बनाइएको छ। 

प्रकाशित मिति: : 2024-11-12 14:20:00

प्रतिकृया दिनुहोस्