अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट

अर्थमन्त्री विष्णु पौडेलले  सरकारले चितवनको अयोध्यापुरीमा भगवान रामको मन्दिर बनाउन बजेट छुट्याएको बताएका छन्।। पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म चितवनको अयोध्यापुरीमै भएको बताउँदै आएका छन्। तर पौडेलले कति बजेट छुट्याइयो? त्यो भने खुलाएका छैनन्। 

सरकारले गत चैतको रामनवमीमा काठमाडौंबाट लगेर अयोध्यापुरीमा रामसीता र हनुमानका मूर्ति स्थापना गरिसकेको छ। 

प्रकाशित मिति: : 2021-05-29 17:44:00

प्रतिकृया दिनुहोस्