‘अक्सिजन नपाएर आडैको अन्टी ढल्नुभयो, म बाहिर निस्केर रोएँ’

शिलापत्र

काठमाडौँ

अनुप पौडेल'

साँझसम्म सबै ठीकठाक थियो । हाइफ्लो अक्सिजन पाउनुपर्ने सात जना बिरामीहरू रात परेपछि एक्कासी छटपटाउन थाले ।बिरामीका आफन्त रोए, कराए– डाक्टर अक्सिजन गयो, आउनुपर्‍यो ! 

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल वार्डमा बनाइएको आइसोलेसनमा बिहीबार राति ९ बजेपछि आधा घण्टा कोलाहल मच्चियो । 

डाक्टर, नर्स बिरामीका आफन्तसँग डराएर क्याबिनमा ढोका लगाएर बसे । बाहिर प्रहरीले सुरक्षा दियो । अत्यधिक अक्सिजन चाहिने तीन जना गम्भीर संक्रमितले आवश्यकताअनुसार अक्सिजन नपाएर बिहीबार राति नै मृत्यु भयो ।

बिहीबार राति अरूको मृत्यु देखेकासहित गरेर शुक्रबार बिहानसम्म क्षेत्रीय अस्पतालमा आठ संक्रमितको मृत्यु भयो । अक्सिजन नपाएर छट्पटिएकाको मृत्यु देखेका अरू बिरामीको मन अहिले बेचैन छ । ‘एकदम हंगामा भएको थियो । अक्सिजन एकछिन नआएको भए सबै जानुहुन्थ्यो होला हाइफ्लोमा भएकोहरू । खतरा नै भयो हिजो,’ उपचाररत एक महिलाले सुनाइन् । 

एक हप्तादेखि मेडिकल वार्डमा रहेकी पोखराकी ती महिला आफैँ पनि सुत्केरी हुन् । कोरोना पोजिटिभ भएपछि उनलाई त्यहाँ राखिएको थियो । 

प्रकाशित मिति: : 2021-05-28 21:45:00

प्रतिकृया दिनुहोस्