प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलाशमा, पहिलो सुनुवाई आगामी शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइ संवैधानिक इजलासमा शुक्रबार हुने भएको छ।

हरेक बुधवार र शुक्रवार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। सोही बमेजिम आगामी शुक्रबारलाई पेशी तोकिएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित पाँचजना न्यायाधीशको इजलास तोक्नेछन्। संवैधानिक इजलासमा बस्नसक्ने हाल १४ जना न्यायाधीश रहेका छन्। तीमध्ये यसअघिको संसद् पुनर्स्थापना मुद्दाका बेला नै प्रश्न उठेकाले न्यायाधीश हरिकृष्ण कार्कीले इजलाशमा बस्न अस्वीकार गरेका थिए।

अब उक्त मुद्दा १३ जना न्यायाधीशमध्ये प्रधानन्याधीशले तोकेका चार जना न्यायाधीशले हेर्ने छन्, जसमा प्रधानन्यायाधीश राणा स्वयम् पनि बस्ने संभावना बढी छ ।
 

प्रकाशित मिति: : 2021-05-25 17:07:00

प्रतिकृया दिनुहोस्