माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सडक र अदालतबाट प्रतिवाद गर्ने बताएका छन्।
विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदभित्रै अर्को विकल्प भएको अवस्थामा प्रधानमन्त्रीले निरंकुश शैलीमा संसद विघटन गरेकाले त्यसको वडास्तरबाटै प्रतिवाद गरिने बताएका हुन्।
प्रधानमन्त्री र राष्टपतिले षडयन्त्रमुलक ढंगबाट प्रतिगमनतिर लगेका उनले आरोप लगाएका छन्।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको अर्थ नहुने बताएका छन्।