प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सघन परामर्श थालेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले विभिन्न संविधानविद् र राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श थालेको सचिवालयले जनाएको छ।
राजनीतिक दलका नेता र संविधानविद्हरूसँगको छलफलपछि सभामुख सापकोटाले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।