देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी नेताहरु राष्ट्रपति कार्यालयमा 

File photo
File photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु नयाँ सरकार दाबी गर्न राष्ट्रपति भवन शीतल निवास गएका छन्।

सिंहदरबारमा बसेको बैठकपश्चात देउवालाई प्रधानमन्त्री बनाउने दावी प्रस्तुत गर्न माधव नेपाल पक्षका सांसदहरुको समेत हस्ताक्षर बोकेर नेताहरु शीतल निवास गएका हुन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 
 

प्रकाशित मिति: : 2021-05-21 15:39:00

प्रतिकृया दिनुहोस्