नयाँ सरकारको दाबी गर्न सांसदको हस्ताक्षर जम्मा गरिदै

File photo
File photo

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र समूह) र एमालेको माधव नेपाल समूहका सांसदहरुले नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारी गरेका छन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

सोही अनुसार विपक्षी गठबन्धनसहित सत्तारुढ एमालेकै सांसदहरु नयाँ सरकार गठनको लागि आधार प्रस्तुत गर्ने काेशिसमा जुटेका हुन्।

आज कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका नेताहरु नयाँ सरकारकाे तयारीकाे लागि छलफलमा बसेका थिए।

संसद सचिवालयमा पनि माधव समूहकी नेतृ रामकुमारी झांक्री, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक, पुष्पा भुषाल र माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन हस्ताक्षर जम्मा गर्ने काममा  लागिरहेको स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।
 

प्रकाशित मिति: : 2021-05-21 15:14:00

प्रतिकृया दिनुहोस्