‘बादल’ले दिए खिमलाललाई बधाई

राष्ट्रिय सभा सदस्यमा उप–निर्वाचित विजयी डा. खिमलाल देवकोटालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बधाई दिएका छन्।

गृहमन्त्री बादलले देवकोटालाई सामाजिक सञ्जालमार्फत् आफूलाई मतदान गर्ने बागमती प्रदेश सभाका सदस्यहरू, महानगरपालिका, उप–नगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखलाई धन्यवाद समेत व्यक्त गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्,  'आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा. खिमलाल देवकोटालाई बधाई।'

स्वतन्त्र उम्मेदवार देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी भएका हुन्। उनले कुल मतभार ५ हजार ८८ प्राप्त गरे। बादलले भने प्रदेश सभाबाट ४५, स्थानीय तहबाट १०३ मत र कुल मतभार ४ हजार ४१ प्राप्त गरेका थिए। 

प्रकाशित मिति: : 2021-05-20 19:42:00

प्रतिकृया दिनुहोस्