नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे: संयाेजक भट्ट 

अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु युगीन कार्यभार भएकाे बताएका छन्।

मंगलबार विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै उनले भने, ‘नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार हो। किनभने त्यसले युवा विद्यार्थी, पूँजी र प्रतिभाको पलायन मात्र होइन, अपमानित सस्तो श्रमिकको रूपमा विदेश बेचिरहेको छ।’

संयाेजक नवराज भट्टले युवा विद्यार्थीको सुन्दर जीवन र भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवाद मात्र सम्भव भएकाे दाबी गर्दै उनले त्यसका खातिर वैज्ञानिक समाजवादी जनक्रान्तिको समर्थन, सहयोग र सहभागिता जरुरी रहेकाे बताए।

उनले नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको र विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय भएकाे बताए।

प्रकाशित मिति: : 2024-05-14 11:24:00

प्रतिकृया दिनुहोस्