कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन्।

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर राई नेतृत्वकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन्। योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ।

प्रकाशित मिति: : 2024-05-14 14:27:00

प्रतिकृया दिनुहोस्