गण्डकी प्रदेशमा पाँच मन्त्री नियुक्त, चार जनाले लिए शपथ

Photo - baahrakhari.com
Photo - baahrakhari.com

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन्।

वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका हुन्। उनले मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा ४ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइन्।

शपथमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) काठमाडौं भएकोले उपस्थित भएनन्।

शपथ ग्रहण गर्नेहरुमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, विना विभागीय मन्त्रीहरुमा रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन छन्।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण पर्यटन मन्त्री र पुन सामाजिक विकास मन्त्री थिए।

 

प्रकाशित मिति: : 2021-05-19 15:59:00

प्रतिकृया दिनुहोस्