लुम्बिनीमा जसपाका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले निष्कासन गरेका ४ प्रदेशसभा सांसदलाई पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

उनीहरुले आफूहरुलाई पार्टीबाट कारबाही गरी हटाएको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले निजहरुलाई पदबाट हटाएको थियो।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको जनाउँदै जसपा (बाबुराम–उपेन्द्र) समूहले कारवाही गरी प्रदेशसभा सदस्यबाट तिनलाई पदमुक्त गराएका थिए।

प्रकाशित मिति: : 2021-05-17 19:33:00

प्रतिकृया दिनुहोस्