प्रधानमन्त्री ओलीको शपथविरुद्ध सर्वोच्चमा रिट दर्ता

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, सन्तोष भण्डारी र नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन्।

रिट निवेदकले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कुन कानूनअनुसार हो भन्ने खुलाउन माग गरेका छन्।

प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्द उच्चारण नहुनु  गैरसंवैधानिक भएको जनाउँदै आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उनीहरुले जिकिर गरेका छन्।

त्यसैगरी रिट निवेदकहरूले दोस्रोपटक मन्त्री नियुक्त गरिएका रामबहादुर थापा बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा तामाङको नियुक्ति बदर गर्न माग गरेका छन्।

उनीहरुले संघीय संसद्का सदस्य नै नभएका तर मन्त्रीको रुपमा शपथ लिनभएका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्नसमेत माग गरेका छन्।

प्रकाशित मिति: : 2021-05-17 14:01:00

प्रतिकृया दिनुहोस्