नेपाल पक्ष राजीनामाबाट पछि हट्यो, ओलीले विश्वास माग्दा संसद्मा अनुपस्थित हुने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने बेलामा एमालेको माधवकुमार नेपाल समूह अनुपस्थित हुने भएको छ । यसअघि राजीनामा गर्ने धम्की दिँदै आएको नेपाल पक्ष सो समूहकै सांसद्हरुले असहमति जनाएपछि राजीनामाबाट पछि हटेको हो ।

साे समूहका  एक जना नेता भीम रावलले भने, 'हामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत  दिन्नौँ । ह्विप लगाउने अधिकार उहाँलाई छैन ।'  

 

राजीनामा गर्न भनी  सिंहदरबारमा डाकिएका साे समूहका सांसद्हरुले नेताहरुसँगको बैठकमा राजीनामा गर्ने  र नगर्ने दुई विचार आएपछि अनुपस्थित हुने बीचकाे बाटाे रोजिएकाे हाे । नेपाल समूहले राजीनामाक लागि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको भए पनि सो समूह राजीनामाबाट पछि हटेकाे हो ।

नेता रावलले भने राजीनामाबाट पछि नहटेको दाबी गरे ।  आफ्ना समूहका सांसदुसँगको छलफलपछि सञ्चारकर्मीसँग भने, '‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको छ। ‘राजीनामाको योजनाबाट पछि हटेका छैनौँ । आजलाई यत्ति नै पर्याप्त छ ।’ 

प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिनका लागि बोलाइएकाे प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार अपरान्ह १ बजे बस्दै छ ।  कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् भने जनता समाजवादी पार्टीले मन लागेको पक्षमा भोट हाल्नका लागि सांसद्लाई छूट दिएको छ । 

प्रकाशित मिति: : 2021-05-10 11:19:00

प्रतिकृया दिनुहोस्