नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। चैत ५ गतेदेखि रिक्त एआईजीमा एक महिना ढिला गरी सिफारिस गरिएको हो।
एआईजी बढुवा हुनेमा चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा छन्। त्यसपछि क्रमशः लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका छन्।
उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको हो।