माधव समूहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको माधव समूहको बैठकले भोलि बिहान ९ बजेसम्मको लागि प्रधानमन्त्री ओलीले २०७५ फागुन २ गतेका अवस्थामा फर्किन र फेरि पार्टी सहमतिमा सञ्चालन गर्ने प्रतिबद्धताका साथ संंसदमा उपस्थित हुन अल्टिमेटम दिएको नेता योगेश भट्टराईले जानकारी दिएका छन्।

९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए।
 

प्रकाशित मिति: : 2021-05-09 20:10:00

प्रतिकृया दिनुहोस्