जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।
आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत नदिने बरू तटस्थ बस्ने बताएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए।