लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित आइतबार प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता  भएको हो।

यसैगरी नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। 



याे पनि...

मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलकाे घोषणा

मुख्यमन्त्री पोखरेलले मन्त्री नबनाएपछि प्रदेश सभा सदस्य डाँगीले दिए राजीनामा

मुख्यमन्त्री पाेखरेलले थपे तीन मन्त्री, असन्तुष्ट श्रीवास्तव पनि मन्त्री

मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पार्न एमालेकै अर्का सांसद् माओवादी क्याम्पमा

प्रकाशित मिति: : 2021-05-09 11:57:00

प्रतिकृया दिनुहोस्