माधव नेपाल समूहका सांसदद्वारा राजीनामा पत्रमा हस्ताक्षर

नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले पत्रमा हस्ताक्षर गरेर शनिबार बेलुकी नेता नेपाललाई बुझाएका हुन्।

भाेलि दिउँसो संसद सचिवालयमा बुझाउने गरी कम्तीमा २३ सांसदको हस्ताक्षरसहित राजीनामा पत्र तयार रहेकाे नेपालनिकट एक केन्द्रीय सदस्यले बताए। एमालेमा माधव समूहमा प्रत्यक्षतर्फ २२ र समानुपातिक १२ जना सांसद रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते र त्यसपछि भएका केन्द्रीय कमिटीका सबै निर्णय खारेज नगर्ने अडान कायमै राखेपछि एमाले विवाद अन्ततः उत्कर्षमा पुगेकाे हाे। समूहकाे मागअनुसार एमाले पुनःस्थापनापछिको पहिलो बैठक भनेर बैठक डाक्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि एमालेकाे मिलन बिन्दु लगभग सकिएकाे छ। 

नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री ओलीलाई सरकारबाट जसरी पनि हटाउन सामुहिक राजीनामाकाे अस्त्र प्रयाेग गरेकाे नेपालनिकट स्राेतकाे दाबी छ।

ओली प्रस्तावअनुसार माओवादीकेन्द्र त्यागेर एमालेमा आएका रामबहादुर थापा बादलसहितको २३ जना केन्द्रीय सदस्यसमेत सहभागी हुने गरी केन्द्रीय कमिटी बैठक राख्ने र त्यसबाट अहिलेको महाधिवेशन आयोजक कमिटीलाई हेरफेर गरेर मिलाउने प्रस्तावकाे नेपाल समूहले खुलेरै विराेध गरेकाे छ। 

प्रधानमन्त्री ओलीले बिहिबार रातिसम्म नेपाल समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईसँग पार्टी एकता जाेगाउँन तीब्र प्रयास गरेपनि सहमित हुन सकेन।

प्रकाशित मिति: : 2021-05-08 23:13:00

प्रतिकृया दिनुहोस्