एमाले एकताबद्ध हुने भएपछि ‘बादल’ बने उम्मेद्वार, सहमतिको ‘इनिसिएसन’ लिए घनश्याम र योगेशले 

नेकपा एमालेभित्रको झगडा सहमतिमा टुंगिने भएपछि राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेद्वारी दर्ता गर्न हेटौँडा पुगेका छन्। केहीबेर अघि बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई नै उम्मेवाद्वार बनाउने निर्णय गरेको हो। 

माधवकुमार नेपाल समूहबाट नवौँ महाधिवेशनबाट निर्वाचित एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले बिहीवार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो संवाद गरेपछि सहमतिको खाका तयार भएको थियो। 

सोही बमोजिम एमालेको नयाँ केन्द्रीय कार्यालय थापाथलीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच छलफल गरी टुंगोमा पुग्ने भनिए पनि केही गृहकार्य गर्न बाँकी रहेकाले ढिला भएको हो।

एमालेबीच एकताका लागि बिहीबार दिउँसोदेखि रातिसम्म विभिन्न तहमा छलफल भएका थिए। प्रधानमन्त्री ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र नेपाल पक्षका नेताहरु घनश्याम भुसाल–योगेश भट्टराईबीच दरबारमार्गस्थित 'याक एण्ड यती होटेल' मा छलफल भएको थियो। छलफलमा सहमतिको बिन्दु के हुनसक्छ भनेर छलफल भएपछि पौडेल बालुवाटार गएर प्रधानमन्त्रीसँग छलफल गरेका थिए। 

उक्त छलफलपछि राति पुनः घनश्याम र योगेशको प्रधानमन्त्री ओलीसँग लामो संवाद भएको थियो। करिब साति ११ बजेसम्म प्रधानमन्त्री ओलीको उनीहरुसँग छलफल भएको थियो। त्यसपछि बालुवाटारबाट निस्केका घनश्याम–योगेशले आफूहरुबीच सहमति कसरी हुनसक्छ भन्नेबारे छलफल गरेका थिए। 

उता पूर्वप्रधानमन्त्री नेपाल भने राति १० बजेसम्म शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमा थिए। रातभरिको गृहकार्यपछि शुक्रबार ओली र नेपालबीच छलफल गरी टुंगोमा पुगेको घोषणा गर्ने तयारी छ तथापि नेता नेपालको उनी पक्षका अर्का नेता भीमबहादुर रावलसँग छलफल हुन बाँकी रहेको स्रोतको दाबी छ।



राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दिन 'बादल' उडे हेटाैंडा

राष्ट्रिय सभा उपनिर्वाचनको लागि गहृमन्त्री बादलको उम्मेदवारी दर्ता

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दर्ता गराएका छन्।

बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् भने समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन्। राष्ट्रिय सभा उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ।

उपनिर्वाचनमा बादलसँग कांग्रेस, माओवादी, नेपाल पक्ष र जसपा(यादव पक्ष)को तर्फबाट साझा उम्मेदवार बनेका खिमलाल देवकोटाले प्रतिस्पर्धा गर्दैछन्।



एमाले एकताबद्ध बनाउने ओलीको कोशिश, नेपाल पक्ष राजीनामा कि एकताको दोसाँधमा

प्रधानमन्त्रीको नयाँ रणनीति- जिते शासन गरिन्छ, हारे फेरि चुनावको बाटोमा  

प्रकाशित मिति: : 2021-05-07 13:01:00

प्रतिकृया दिनुहोस्