बिएल संवाददाता
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दर्ता गराएका छन्।
उनले नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका हुन्। बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् भने समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन्।
बादलले एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालकाे टोलीसहित वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय, हेटाैंंडा पुगेर मनाेनयन दर्ता गराएकाे स्राेतले बिएल नेपाली सेवालाई जानकारी दियाे।
राष्ट्रिय सभा उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ।
उपनिर्वाचनमा बादलसँग कांग्रेस, माओवादी, नेपाल पक्ष र जसपा(यादव पक्ष)को तर्फबाट साझा उम्मेदवार बनेका खिमलाल देवकोटाले प्रतिस्पर्धा गर्दैछन्।
देवकोटाले भने ११ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया