गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने भएका छन्।
वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन्।
एमाले स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि हेटौंडा प्रस्थान गरिसकेका छन्।
बादलसँगै एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली पनि त्यसतर्फ प्रस्थान गरेकाे हाे।