एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भन्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
स्राेतका अनुसार अहिले राष्ट्रपति भन्डारी र नेता नेपालबीच वार्ता चलिरहेकाे छ।
उनी केही बेरअघि मात्रै कांग्रेस सभापति शेरवहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए।
देउवासँगकाे भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खाेजेकाे विश्वासको मतकाे बारेमा छलफल गरेकाे बताइएकाे छ।
नेता नेपालकाे याे दाैडधुपलाई अन्य दलहरुले अर्थपूर्ण रुपमा हेरेका छन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गएकाे अर्काेदिन नेता नेपाल भेटका लागि त्यहाँ पुगेकाे बताइएकाे छ।