देउवा भेट्न बुढानीलकण्ठ पुगे माधव नेपाल

File Photo: DEVENDRA M SINGH/AFP via Getty Images

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच  बुढानीलकण्ठमा भेटवार्ता भइहरेको छ।

एमाले वरिष्ठ नेता नेपाल कांग्रेस देउवा भेट्न उनकै निवास पुगेका हुन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे अर्काेदिन नेता नेपाल भेटका लागि त्यहाँ पुगेकाे बताइएकाे छ।

देउवानिकट स्रोतका अनुसार नेता नेपाल–देउवाबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णयका विषयमा छलफल भइरहेकाे छ। 

प्रकाशित मिति: : 2021-05-06 18:55:00

प्रतिकृया दिनुहोस्