कोरोना फैलिएको बहानामा सर्वसत्तावादीहरुको लोकतन्त्र मास्ने दाउ

डा. उत्तम गौली

बाल्टिमोर(अमेरिका)

लोकतन्त्र यस्तो पद्धति हो, जसले मानव अस्तित्वको निरन्तरता र मानव सभ्यताको प्रवर्द्धनमा विशेष भूमिका खेलेको छ।

कहिल्यै पनि आम निर्वाचन नगराउने, सूचना–सञ्चारलाई नियन्त्रणमा राख्ने र सत्ता टिकाउन अनुकूल हुनेबाहेक अरु सबै व्यक्ति, संघ-संगठन वा निकायहरुको 'सफाया' गरेर आफ्नो प्रशस्तिमात्र प्रकाशित/प्रशारित गर्न खप्पिस शासकहरुले आमजनताको अज्ञानतामाथि विभिन्न प्रायोजित सूचनाहरु र 'प्रोपगण्डा'हरु प्रवाहित गरेर लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने प्रयत्न निरन्तर गरी नै रहन्छन्।

ती सर्वसत्तावादी शासकहरुले बेला–बेलामा अनेकानेक त्राशदी फैलाउने र त्यो त्राशदीबाट बचाउन आफूमात्रै योग्य रहेको दाबी गर्दै सत्ता प्राप्त गर्न, जोगाउन र लम्ब्याउन प्रयास गर्छन्।



नेपालीलाई ‘बीसीजी’ले कोरोनाबाट जोगाएको हुनसक्ने अमेरिकी अध्ययनको निष्कर्ष



अहिले संसारमा व्याप्त कोरोना भाइरसको 'त्रासदी' लाई पनि आफ्नो उद्देश्यपूर्ति गर्ने निकै प्रभावकारी हतियारको रुपमा उनीहरुले प्रयोग गरिरहेका छन्। 'धेरै स्वतन्त्रता भएको कारणले' वा 'लोकतन्त्रले गर्दा' लोकतान्त्रिक पद्धति भएका देशहरुमा धेरै मानिसको ज्यान गएको तर्क सुन्नुभएको छ? यदि सुन्नुभएको छैन भने चाँडै सुन्नुहुनेछ।

संसारबाटै लोकतन्त्र निमिट्यान्न पार्न सर्वसत्तावादीहरुको क्लबले यो प्रायोजित 'प्रोपगण्डा' दन्काइरहेको छ।

अरु देशको त के कुरा गर्नु, यो 'प्रोपगण्डा' ले बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, भारतजस्ता लोकतान्त्रिक पद्धति भएका देशहरुलाई नै निशाना बनाइरहेको छ। आफ्नो प्रोपगण्डा फैलाउन कपोलकल्पित सनसनी फैलाउने खालका कन्स्पिरेशी थ्योरी (षड्यन्त्रको सिद्धान्त) अनुसार उग्रकथाहरु रचना गरिन्छ । मानिसलाई विभक्त गराइन्छ। यसको पहिलो ठूलो शिकार बेलायत बन्यो।



क्वारेन्टाइनको विकल्प छैन!



सन् २०१६ को जुनमा बेलायतलाई यो क्लबले उग्र–राष्ट्रवादको बोरामा हालेर 'ब्रेक्सिट'को भाषमा पुऱ्यायो। त्यसपछि साम्राज्यवादी आकांक्षा बोकेको 'पपुलिस्ट' ट्रम्पको कॉंधमा चढेर राष्ट्रवादको शुलीमा चढाएर अमेरिकाको लोकतन्त्र झण्डै-झण्डै चिप्ल्याइसकेको थियो।

धन्न अमेरिकी जनताले समयमै चाल पाए र सर्वसत्तावादको 'दिवाना' ट्रम्पलाई निर्वाचनबाट परास्त गरी 'ह्वाइट हाउस' बाट लखेटे तर अझै पनि करोडौँ मान्छे 'कन्स्पिरेशी थ्योरी' मा रन्थनिइरहेका छन। उनीहरु अझै पनि बाइडेन अमेरिकाका राष्ट्रपति भइसकेको स्वीकार्न सकिरहेका छैनन्।

यस्ता कपोलकल्पित धारणालाई विश्वास गर्ने र तीनै 'मुद्दा' लाई नै चुनावका 'एजेण्डा' बनाएर जितेर आएका मार्जरी टेलर ग्रीनजस्ता सांसदहरु र यो कुरा जानिबुझी पनि राजनीतिक लाभका लागि प्रयोग गर्ने टेड क्रुजजस्ता सिनेटरहरु अमेरिका मै बग्रेल्ती छन्।

फ्रान्सका जनताले बेलैमा चाल पाएर आफ्नो निर्वाचन आयोगलाई प्राविधिक रुपमा बलियो पारे र धेरै 'कन्स्पीरेशी थ्योरी'हरुलाई फैलिनबाट रोके । इम्यानुयल माक्रोंजस्तो 'स्टेटम्यान'ले चुनाव जितेर आयो।



हामी कोरोना भाइरसलाई जित्नेछौं !



सन् २०२० को अन्त्यतिर अमेरिकी जनताले पनि होस् खोले। ट्रम्पलाई ट्विटर, फ़ेसबुक, यूट्यूब आदिबाट 'कन्स्पिरेशी थ्योरी' दन्काउन दिएनन। लोकतन्त्र बच्यो। तर के लोकतन्त्र यसरी नै सधैँ बचिरहला? यसै भन्न गाह्रो छ।

अमेरिकाको लोकतान्त्रिक पद्धति परिपक्व नभइसकेको भए यहाँको  लोकतन्त्र बिदा हुने थियो। अनि हामीले कहाँ कसरी कति मान्छेलाई कोरोना लाग्यो भन्ने कुरा थाहै पाउने थिएनौँ किनभने रोग लागेको, मान्छे मरेको, सूचनाहरु 'सेन्सर' गरिन्थ्यो। अनि अमेरिकाको डरले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न डराउने अरु देश पनि राष्ट्रिय सुरक्षाका नाममा प्रेसलाई नियन्त्रण गर्थ्यो।

हामीले वास्तविक होइन, 'राम्रो' समाचारहरु मात्रै सुन्न पाउँथ्यौँ। अनि जसलाई पऱ्यो मुटु मिचेर बस्नुपर्थ्यो। सरकारलाई गाली गरौँला वा अर्को चुनावबाट हटाउँला भन्ने त ठाउँ नै हुन्थेन। टन्टै साफ़!


उग्र–राष्ट्रवादको खहरेले श्रीलंकाको एमसीसी बगायो, नेपालको बचाउन सकिएला?

प्रकाशित मिति: : 2021-04-29 19:59:00

प्रतिकृया दिनुहोस्