सोमबार, १७ नोभेम्बर २०२५

यसरी मुक्त हुँदैछन् युद्धबन्दीहरू

News Image
• • •

इजरायल-हमास युद्धका क्रममा २ वर्षअघि बन्धक बनाइएकाहरू आज रिहा हुँदैछन्। दुबै पक्षले आ-आफूले बन्धक तथा कैद गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गर्नेछन्। र रेडक्रसका प्रतिनिधिले युद्धरत पक्षलाई आआफ्ना बन्दीहरू बुझाउनेछन्।

इजरायलले तेलअभिवमा बन्दीहरू स्वागत गर्नका लागि ‘होस्टेज स्क्वायार’ तयार गरेको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू पनि उपस्थित हुनेछन्।

बन्दीका आफन्त, परिवार तथा हजारौं इजरायली र अन्तर्राष्ट्रिय समुदाय उनीहरूको प्रतीक्षामा छन्। इजरायले पनि आफ्ना जेलमा रहेका प्यालेस्टाइनी तथा युद्धबन्दीहरुलाई रेडक्रसको जिम्मा लगाउँदैछ। त्यसका लागि रेडक्रसका बसहरू इजरायलका जेलहरूमा तैनाथ गरिएका छन्।

बन्धकहरूलाई इन्टरनेसनल कमिटी अफ द रेडक्रसमार्फत एक विशेष इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) टोलीलाई हस्तान्तरण गरिनेछ।

स्वास्थ्य जाँपछि मुक्त भएका बन्दीहरूलाई रेडक्रसले दक्षिणी इजरायलमा रहेको सैन्य आधार शिविरमा बुझाउनेछ। त्यसपछि उनीहरूलाई पारिवारिक भेटघाट गर्न दिइने। कसैलाई तत्कालै चिकित्सकीय आवश्यकता देखिएमा उनीहरूलाई सिधै हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइनेछ।

यी हुने हमासले मुक्त गर्न लागेका बन्दीहरू, जहाँ नेपाली युवा बिपिन जोशीको नाम भने छैन

  • Bar Kupershtein
  • Evyatar David
  • Yosef-Chaim Ohana
  • Segev Kalfon
  • Avinatan Or
  • Elkana Bohbot
  • Maxim Herkin
  • Nimrod Cohen
  • Matan Zangauker
  • David Cunio
  • Eitan Horn
  • Matan Angrest
  • Eitan Mor
  • Gali Berman
  • Ziv Berman
  • Omri Miran
  • Alon Ohel
  • Guy Gilboa-Dalal
  • Rom Braslabski
  • Ariel Konio
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!