महेश चौलागाईं
ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा निर्मित जुम्लाको चन्दननाथ नगरपालिका–स्थित नयाँ गणेश मन्दिर आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
ललितपुर महानगरपालिकाको सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त मन्दिर पुरातात्त्विक दृष्टिले पनि महत्वपूर्ण रहेको जनाइएको छ। जुम्लामा पाइने प्राकृतिक ढुङ्गाबाट विभिन्न कलात्मक आकृतिमा तयार गरिएको यो मन्दिर पूर्णरूपमा ढुङ्गाबाटै निर्मित छ, जसले जिल्लामा नयाँ प्रयासको रूपमा पहिचान पाएको छ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुरका मेयर चिरिवाबु महर्जनले मन्दिर उद्घाटन गर्दै महानगरले वातावरणीय सौन्दर्य र सम्पदाको संरक्षणलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले चन्दननाथ नगरपालिका र ललितपुर महानगरबीचको मीत सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि जुम्लाका परियोजनामा थप आर्थिक सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, सर्वसाधारण र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा मन्दिर परिसरमा पूजा–अर्चना र सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया