मङ्गलबार, १८ नोभेम्बर २०२५

विपिनको शव ल्याउने तयारी

News Image
• • •

हमासको नियन्त्रणमा मारिएका नेपाली युवा विपिन जोशीको शव ल्याउने तयारी गरिएको छ।

इजरायल सरकार र त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो।

सोमबार हमासले रेडक्रसलाई बुझाएका चार शवमा एकजना नेपाली युवा विपिन भएको पुष्टि भइसकेको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणमा विपिनको शव पुष्टि भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र उनका प्रतिनिधिले त्यहाँको फरेन्सिक ल्याबमा पुगेर विपिनको शव पुष्टि गर्दै नेपाल ल्याउने प्रक्रिया सुरु गरेका हुन्।

शव पठाउने प्रक्रियाका लागि केही समय लाग्ने भएकाले प्रक्रिया पुर्‍याएर शव ल्याइने दूतावासले जनाएको छ। विपिनको शव नेपाल ल्याउन इजरायल सरकारले सबै व्यवस्थापन गर्ने जानकारी गराइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!