बिएल संवाददाता
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाद्र २३ र २४ गते भएको आन्दोलनमा जेन–जीको नाममा अन्य स्वार्थ बोकेका व्यक्तिहरूले देशमा विध्वंस मच्चाएको बताएका छन्।
मंगलबार पोखरामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जीहरूको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा मात्र भएको भन्दै यस्तो किसिमको अपराधिक क्रियाकलापमा जेन–जीको संलग्नता नरहेको विश्वास व्यक्त गरे।
उनले भने, ‘चाहे मालपोतमा होस् चाहे त्यो उपत्यका नगर विकास समिति होस् स्वार्थ पूरा गर्नको लागि क्षति गरे। जेन–जीको नाम मात्र हो। जेन–जीले यो प्रकारको काम गर्नै सक्दैनन्। उहाँहरूको योजना यस्तो थिएन भनिराख्नु भएको छ। भवनहरू बस्न लायक नछोडी जलाइएको छ, यो खालको अपराधिक काम गर्ने जेन–जी होइनन्। उहाँहरूको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा थियो।’
त्यस्तै उनले पोखराको सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको कार्यालयमा आगजनी हुँदा त्यसको कुनै पनि रेकड आफूहरूसँग नरहेको बताए। यद्यपी सफ्टवेयरहरू बचेको हुँदा धेरै रेकर्डहरू बचाउन सकिने उनको अनुमान छ।
‘काठमाडौंपछि काँस्की जिल्ला धेरै जग्गा जमिन किनेको जिल्ला हुनुपर्छ। यहाँ जतिपनि डकुमेन्टहरू थिए। कास्कीका मात्रै थिएनन्। जसले यहाँ खरिद बिक्रि गर्नुभयो उहाँहरूको पनि डकुमेन्ट थियो। पोखरा महानगरपालिकाकै कुरा गर्दा पनि एक लाख ४८ हजार सात सय २५ घर छ। ती सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको यो कार्यालय आज हामीसँग त्यसको कुनै पनि रेकर्ड छैन। हाम्रो सफ्टवेयरहरू हामीसँग बचेको हुँदा धेरै रेकर्डचाँही बचाउन सक्छौं होला।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया