मुम्बईको कोभिड अस्पतालमा आगलागी, १३ काेराेना संक्रमितको मृत्यु

photo : Scroll
photo : Scroll

भारतको मुम्बईस्थित कोभिड अस्पतालमा आगलागी हुँदा १२ बिरामीको मृत्युु भएको छ। 

मुम्बई स्थित वसई-विरारमा रहेको कोरोना अस्पतालमा आगलागी हुँदा उपचार गराईरहेका १२ जना कोरोना संक्रमित बिरामीको मृत्युु भएको स्थानीय रामचन्द्र चौहानले बताएका छन्।

अस्पतालमा उपचाररत बिरामीलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेपनि आगो पूर्णरूपमा नियन्त्रणमा आईसकेको छैन।

घटनाको थप बिवरण आउन बाँकी छ।

आगलागी नियन्त्रण तथा अस्पतालमा रहेका बिरामीको ब्ययवस्थापनका लागी सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ।

कोरोना भाइरसबाट मुम्बईको वसई -विरार सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सुरुवाती दिनदेखि नै कोरोनाका संक्रमितको उच्च दर कायमै छ।  यसक्षेत्रको सबैभन्दा सुविधा सम्पन्न एकमात्र कोरोना अस्पताल मानिन्छ।

पछिल्लो अस्पतालमा बेड र अक्सिजन सिलिन्डरको हाहाकार नै मच्चिएको थियो। तर, त्यसैमा आगलागी हुँदा यहाँको अवस्था चिन्ताजनक रहेको छ।

प्रकाशित मिति: : 2021-04-23 07:39:00

प्रतिकृया दिनुहोस्