बिनाप्रगति सकियो ओली र नेपालबीचको छलफल

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित  मेरियट होटलमा बिहीबार भएको छलफल पनि 'बिनाप्रगति' सकिएको छ।

मेरियट होटलमा बिहीबार दुई नेताबीच दोस्रो दिन करिब डेढ घण्टा भएको कुराकानीमा पनि कुनै प्रगति नभएको नेता नेपालले बताएका छन् । छलफल सकेर होटलबाट निस्कँदै गर्दा नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिए, 'वार्तामा कुनै प्रगति भएको छैन ।'

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार माेती दुगडले भने, 'उहाँहरुबीच घाउ अलि ठूलो छ । छिट्टै पुरिँदैन, समय लाग्छ । एक–दुईवटा छलफल अरु चाहिन्छ ।'

यसअघि बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमै दुई घण्टा छलफल भएको थियो।



नेपाल पक्षलाई एमालेमै राख्ने ओलीको अन्तिम प्रयास, लचकतालाई कमजोरी ठानेमा निस्कासन गरेर अघि बढ्ने तयारी

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ: ओली

प्रकाशित मिति: : 2021-04-22 16:39:00

प्रतिकृया दिनुहोस्