आइतबार पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न 'वीर गोर्खाली अभियान'को यस्ताे छ तयारी 

करीब १० दिन लामो भारत यात्रापछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नेपाल फर्किदै छन्।

भ्रमणमा रहँदा राजाकै रूपमा ठूलो सम्मान पाएका पूर्वराजा ज्ञानेन्द्र भोली आइतबार नयाँ दिल्लीबाट नेपाल फर्किन लागेका हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्वराजाको भब्य स्वागतको लागि विशेष तयारी गरिएको छ। मोटरसाइकल र्यालीले विमानस्थलदेखि निर्मल निवाससम्म स्कर्टिङ गरिने बताइएको छ। 

पछिल्लो समय राजसंस्थाको माग गर्दै देशब्यापी रुपमा मोटरसाइकल र्याली गरेको 'वीर गोर्खाली अभियान'ले आइतबार दिउँसो पूर्वराजा विमानस्थलमा उत्रदा भब्य स्वागतको तयारी गरेको हो। अभियानका अभियन्ताहरुले सबैलाई राष्ट्रिय झन्डासहित उपस्थित हुन आग्रह गरेको छन्।

वीर गोर्खाली अभियन्ता श्यामकृष्ण श्रेष्ठले पछिल्लो समय राजसंस्था पुनः स्थापनाको अपरिहार्यता नेपाली जनताले बुझेको बताए। जातीय तथा धार्मिक द्वन्द्व भडकाउन लागीपरेका केही व्यक्तिहरुले गलत टिप्पणी गरेको भन्दै त्यसको जवाफ समय आएपछि दिने उनले बताए।

अभियन्ता श्रेष्ठले भने, 'विदेश भ्रमणमा राजाले पाउने सम्मान र राष्ट्रपतिले पाउने सम्मानबाट पनि राष्ट्रिय स्वाधिनता राजसंस्थाबाट मात्रै जोगिन्छ भन्ने स्पष्ट भएको छ।'

भारतीय भुमिमा पत्रकारहरुसगँको कुराकानीमा पूर्वराजाले हिन्दी भाषामा सोधिएको प्रश्नको जवाफ नेपाली भाषामा दिएका थिए। जसले अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा र चर्चा पाइरहेको छ।

'वीर गोर्खाली अभियान'ले राजा-जनता साक्षात्कार कार्यक्रम पनि आयोजना गर्दैछ। गौशालास्थित वनकालीमा हुने कार्यक्रममा सबैलाई उपस्थित हुन अभियन्ताहरुले आग्रह गरेका छन्। कार्यक्रममा पूर्वराजालाई नागरिकस्तरबाट अभिनन्दनसमेत गरिनेछ।

पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट 'हिन्दू सम्राट'को उपाधीसहित अभिनन्दन र अभिषेक गरिएको थियो। 


पूर्वराजा ज्ञानेन्द्रका लागि हरिद्वारमा १७ लाख रुपैयाँमा निर्माण गरिएको थियो विशेष रथ

पूर्वराजा ज्ञानेन्द्र आइतबार नेपाल फर्किदै, काठमाडौंमा राजावादीले भब्य स्वागत गर्ने

हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रको भब्य स्वागत (२० तस्वीरसहित)

हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रलाई आर्मीको हेलिकोप्टरबाट पुष्पवृष्टी

जब योगगुरु बाबा रामदेवले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई पतञ्जलि पुर्‍याए (फोटो फिचर)

प्रकाशित मिति: : 2021-04-17 17:40:00

प्रतिकृया दिनुहोस्