पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्धारको कुम्भमा शाहीस्नान गरेर आइतबार नेपाल फर्किने भएका छन्।
उनलाई भारतको केन्द्रिय सरकार तथा उत्तराखण्ड सरकारले उच्च सम्मान दिएको थियो। १२ बर्षपछि लाग्ने कुम्भमेलामा गत सोमबार पूर्वराजाले भारतका ख्यातीप्राप्त साधु तथा सन्त–महन्तहरूका बीच शाहीस्नान गरेका थिए।
उनलाई केदारनाथका पीठाधीसले भब्य स्वागत गरेका थिए। नेपालका पूर्वराजा शाहको सम्मानमा हेलिकोप्टरबाट पुष्पबृष्टि गरिएको थियो। यसअवसरमा पताञ्जली योगपीठका संस्थापक योग गुरु बाबा रामदेव तथा आचार्य बालकृष्णले आफ्नो आश्रममा भब्य स्वागत गरेका थिए।
पूर्वराजा शाह शाहीस्नानपछि हाल भारतको राजधानी नयाँदिल्ली फर्किसकेका छन् भने उनी दिउँसो ३ बजेर ३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पूर्वराजा शाहको भ्रमणदलमा सहभागी एक सदस्यले बिएल नेपाली सेवालाई जानकारी दिए।
काठमाडौंमा पूर्वराजालाई भब्य स्वागत गर्न विश्व हिन्दु महासंघ, राजावादी समर्थक तथा शिवसेना नेपालले गृहकार्य थालेको छ।