काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित 

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जनाकारी दिए। 

‘वरिष्ठ नेताज्यूको भाईको निधन भएका कारण सभापतिले बैठक स्थगित गर्नभयो’ उनले भने।

आजको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजन लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची तय भएको थियो।
 

प्रकाशित मिति: : 2021-04-12 12:45:00

प्रतिकृया दिनुहोस्