राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठमा, यस्ताे छ एजेण्डा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाडाैँमा बस्ने भएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।

बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2024-05-03 09:52:00

प्रतिकृया दिनुहोस्