नेकपा एमालेका नेता धनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।
नेता भुसालले मंगलबार पत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो। त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो। अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पीँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जिवित गर्न सक्छन्। मेरो लाख–लाख अनुरोध छ, कमरेड! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ। आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’