महेश बस्नेतले कारागार पुगेर भेटे रेशम चौधरीलाई

नेकपा एमालेका सांसद् महेश बस्नेतले शुक्रबार बिहान डिल्लीबजार कारागार पुगेर निलम्बनमा रहेका जनता समाजवादी पार्टीका सांसद् रेशम चौधरीलाई भेटका छन्। सांसद बस्नेतले पुगेर चौधरीलाई भेटेका हुन्।

सत्ता समीकरणकै चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले नेतृत्व गरेको दल एमाले अन्य दलसँग पनि सहकार्यको परामर्शमा छ।

पछिल्ला दिनमा जनता समाजवादी पार्टी (जसपा) सँग एमालेले वार्ता अघि बढाइरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको सांसद बस्नेतले जानकारी दिए।

जसपाले मुख्य तीन मुद्दा वार्तामा प्राथमिकतासाथ उठाएको छ। पहिलो कैलालीबाट निर्वाचित भएका तर फौजदारी कसुर स्थापित भएपछि हाल थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ हो।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए।

रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाइसकेको छ। उक्त मुद्दा चौधरीका तर्फबाट अहिले सर्वोच्चमा पुनरावेदन परेको छ।

प्रकाशित मिति: : 2021-03-26 15:30:00

प्रतिकृया दिनुहोस्