ट्राफिकले ज्यादती गरेको भन्दै पठाओ राइडर आन्दोलित 

ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै पठाओ राइडरहरु आन्दोलनमा उत्रिएका छन्। 

बिना कारण ट्राफिक प्रहरीले आफूहरुलाई दुःख दिने गरेको आरोप लगाउदै उनीहरु सोमबार -यालीमा उत्रिएका हुन्। 

करिब दुई सय राइडरले काठमाडौंको नयाँ बसपार्कदेखि पठाओको कार्यलय बानेश्वरसम्म मोटर साइकल -याली गरेका हुन्। 

‘ट्राफिकले हामी माथि ज्यादती गर्दा पनि त्यसको व्यवस्थापनमा पठाओले केही नगरेकोले विरोधमा उत्रिएका हौं।’ आन्दोलनमा सहभागी पठाओ राइडर सागर थापाले बताए। 

त्यस्तै राइडरले पठाओले स्टेशनको व्यवस्था मिलाउनु पर्ने, राइडिङ गरेवापत पठओले लिने २० प्रतिशत रकम घटाउनुपर्ने लागयतका माग राखेका छन्।

प्रकाशित मिति: : 2021-03-22 19:50:00

प्रतिकृया दिनुहोस्