माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमाले केन्द्रीय समिति बैठकले माधव पक्षलाई कारबाहीको प्रकृया अघि बढाएको छ।

आज बसेको बैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित पाँच जनासँगस्पष्टीकरण माग्ने निर्णय गरेको हो।

साथै सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको विधान विपरित नेतृत्वलाई खलबल्याउने प्रयास गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको बताईएको छ। 

उनीहरूबाट चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रियाअघि बढाइने भएको छ। एमाले केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।



१० औं राष्ट्रिय महाधिवेशन कमिटी गठन

नेकपा एमालेको संसदिय दलको बैठकले १० औं राष्ट्रिय महाधिवेशन लागि आयोजक कमिटी गठन गरेको छ।

यसअघि बसेको केन्द्रीय समितिको बैठकले १० औं राष्ट्रिय महाधिवेशन ०७८ को मंसिर ३ देखि ६ गतेसम्म गर्ने निर्णय गरिएको थियो। जसको लागि केन्द्रीय समिति विस्तार गरेर २ सय ६४ सदस्य बनाईएको थियो। 

संसदीय दलको बैठकले सोही समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गरेको हो।

प्रकाशित मिति: : 2021-03-20 18:03:00

प्रतिकृया दिनुहोस्